तनहुँमा पहिरोले पुर्दा एक महिलाको ज्यान गयो

समाधान संवाददाता २०७८ जेठ १५ गते १३:१७

दमौली । व्यास १ निर्मल नगरको छाब्दी खोला दोभानमा पहिरोले च्यापिएर एक महिलाको ज्यान गएको छ । घर पछाडिबाट खसेको पहिरोले काठको बलो खसेर पुर्दा घाइते ६३ वर्षकी सरस्वती घर्तीको ज्यान गएको हो।

Advertisement

उनलाई उपचारका लागि लैजाने तयारी गर्दा ज्यान गए पछि घर फर्काइएको वडा अध्यक्ष खरसिङ दरैले जानकारी दिए । घर पूर्ण भत्किए पनि अरु मानवीय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले बताए ।

घरका सदस्य अर्को र वृद्धा फरक कोठामा सुतेका कारण अरु भने बाँच्न सफल भएको घटनास्थल पुगेका वडा अध्यक्ष दरैले जानकारी दिए ।

Advertisement

फाइल तस्बिर

Advertisement

तपाईको प्रतिक्रिया