उपचार सहज र सर्वसुलभ बनाउन प्रदेश प्रमुखको आह्वान

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन आग्रह गरेकी छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रदेश प्रमुख पौडेलले सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन आग्रह गरेकी हुन् ।
सन्देशमा उनले जेठ १५ नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन ऐतिहासिक रहेको उल्लेख गर्दैै लोकतन्त्रलाई स्थापित, संस्थागत र सुदृढ गर्नु सबैको कर्तव्य भएको बताएकी छन् ।
‘नेपालको संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुँदै नेपालको भौगोलिक अखण्डता कायम गर्न र राष्ट्रियता सुदृढीकरणका लागि आजको दिनले प्रेरणा दिनेछ भन्ने विश्वास मैले लिएकी छु,’ प्रदेश प्रमुखको सन्देशमा भनिएको छ, ‘यस अवसरमा मुलुको सार्वभौमिकता स्वाधीनता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्र्दै ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न सबैको सहभागिताका लागि हार्दिक आह्वान गर्दछु ।’
सन्देशमा प्रदेश प्रमुख पौडेलले संक्रमणबाट संक्रमित भई उपचारमा रहेका र होम आइसोलेसनमा बसेकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै महामारीको समयमा अग्रपंक्तिमा रही काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा कर्मचारीहरूलाई सम्मान गर्र्दै अझ उच्च मनोबलका साथ निरन्तर क्रियाशील रहन पनि आह्वान गरेकी छन् । उनले यस कठिन परिस्थितिमा जनताको स्वास्थ्य सुरक्षा तथा उपचार कार्यलाई सहज र सर्वसुलभ बनाउन सम्बन्धित सबैपक्षको ध्यानकार्षण समेत गराएकी छन् ।








बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया