बजेटकाे पहिलाे प्राथमिकताः काेभिड महामारीबाट जनतालाई राहात
समाधान संवाददाता
२०७८ जेठ १५ गते १६:२२

समाधान संवाददाता, पाेखरा ।
अर्थमन्त्री विष्णु पाैडेलले अहिले आर्थिक वर्ष २०७७÷२०७८ काे आयव्यय विवरण बजेट प्रस्तुत गर्दैछन् ।
सिँहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट प्रस्तुत भैरहेकाे बजेटकाे पहिलाे उद्देश्य काेराेना महामारीलाई दिइएकाे छ ।
बजेटकाे उद्देश्य नम्बर १ न काेभिड महामारी नियन्त्रण र राहात हुने उल्लेख छ ।
अर्थमन्त्री पाैडेलले काेभिडकाे उपचारका लागि आवश्यक सामाग्री आयातमा कर छुट गरेका छन् भने १०० बेड भन्दामाथिका सबै अस्पतालमा अक्सिजन प्लान्ट राख्ने घाेषणा गरेका छन् ।
काेभिडका लागि प्रयाप्त बजेट विनियाेजन गरेकाे अर्थमन्त्रीले घाेषणा गरेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया