युवा संघका सचिव गुरुङ स्वास्थ्य सामाग्रीसहित संक्रमित बस्तीमा

समाधान संवाददाता २०७८ जेठ १५ गते १७:२१

समाधान संवाददाता, पाेखरा ।

काेराेना भाइरसकाे संक्रमणबाट उच्च प्रभावित रहेकाे मादी गाउपालिकाकाे तल्लाेभेगमा युवा संघ नेपालका सचिव महेन्द्र गुरुङले स्वास्थ्य सामाग्री बितरण गरेका छन् ।

पछिल्लाे समयमा साे गाउमा काेराेना संक्रमणकाे शंका लागेर स्थानीय ९१ जना मानिसकाे स्वाब परिक्षण गर्दा ७१ जनामा काेराेना परिक्षण रिपाेर्ट पाेजेटिभ आएकाे थियाे ।

परिक्षण गरिएकाे मध्ये झण्डै ८० प्रतिशतमा काेराेना संक्रमण पुष्टि भएपछि गाउ आतंकित छ । साेही स्थानका बासिन्दाका लागि आवश्यक मास्क, अक्सिमिटर, स्यानिटाइजर र सावुनसहित गुरुङ गाउमा पुगेका हुन् ।

उनले स्थानीय ४१२ घरधुरीलाई वितरण गर्ने गरी २१ हजार थान मास्कसहित सावुन र स्यानिटाइजर मादी–१०का युवा संयाेजक उमेश गुरुङलाई हस्तान्तरण गरेकाे जानकारी दिए ।

स्थानीय युवाले प्रत्येक घर घर पुगेर स्यानिटाइजर स्प्रे गर्ने याेजना बनाएका छन् । गाउमा महामारी फैलिएपछि उच्च सर्तकता अपनाउदै थप फैलन नदिन युवा संघका स्थानीय कार्यकर्ता स्वयंसेवीका रुपमा खटिएकाे जानकारी पनि केन्द्रीय सचिव गुरुङले समधानलाई दिए ।

सचिव गुरुङले एक विज्ञप्ति जारी गर्दै ३३५० पिस मास्क, १४ सय पिस सावुन र ६ पिस अक्सिमिटर, २० लिटर स्यानिटाइजर सहयाेग गरेकाे भन्दै व्यवसायीद्वय भिष्मराज पाैडेल र दिलिपराज श्रेष्ठलाई धन्यवाद दिएका छन् । बाँकी १७५०० थान मास्क गुरुङ आफैले किनेका हुन् ।

तपाईको प्रतिक्रिया