कोरोला नाका बन्दरगाहा निर्माण आगामी वर्षदेखि सुरु हुने
समाधान संवाददाता
२०७८ जेठ १५ गते १७:३२

चीनसँग जोडिएको गण्डकी प्रदेशको उत्तरी नाका कोरोलामा बन्दरगाहा निर्माण गर्न आगामी वर्ष पूर्व तयारी सकेर आगामी वर्षदेखि निर्माण सुरु गर्ने सरकारले घोषणा गरेको छ ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले मुस्ताङकाे कोरोला बन्दरगाहा निर्माणको सबै तयारी सकेर निर्माण सुरु गर्ने घोषणा गरेका हुन् ।
कोरोलामा चीनतर्फ पूर्वाधार निर्माण भइसकेको छ भने नेपालतर्फ बल्ल पूर्वाधार निर्माणका लागि जग्गाको व्यवस्थापन भएको छ । कोरोला नाकालाई गण्डकीकै गौरवपूर्ण मानिएको छ ।
नेपालले नाकामा आवश्यक सुरक्षा व्यवस्थाका साथै भन्सार, क्वारेन्टाइन लगायत एकीकृत संरचना विकास गर्ने बताएकाे छ । छोटो दूरीमा पर्ने भएकाले कोरला नाका गण्डकी र छिमेकी प्रदेशका लागि सबैभन्दा उपयुक्त हुने देखिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया