अध्यादेशमार्फत चुनावी सरकारले ल्यायो लोकप्रिय बजेट, यस्ता छन् पपुलिस्ट योजना

समाधान संवाददाता २०७८ जेठ १५ गते १८:११

पोखरा, १५ जेठ

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारले अध्यादेशमार्फत लोकप्रिय बजेट ल्याएको छ । चुनावको मितिसमेत घोषणा गरेको प्रधानमन्त्री ओली नेतृत्व चुनावी सरकार हो । यद्यपि यो सर्वोच्चमा विचाराधिन छ । जटिल अवस्थामा अध्यादेशमार्फत ल्याइएको बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाउनेदेखि शैक्षिक प्रमाणपत्र राखेर धितो दिनेसम्मका कार्यक्रम अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेका छन् । आर्थिक वर्ष २०७८-७९ को बजेट प्रस्तुत गरेका पौडेलले सरकारका पपुलिस्ट कार्यक्रम सार्वजनिक गरे ।

ज्येष्ठ नागरिक भत्ता बृद्धि गर्दै मासिक ४ हजार रुपैयाँ पु¥याउने यो सरकारले ल्याएको पपुलिस्ट कार्यक्रम हो । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारी कर्मचारीलाई तलबसहित पर्यटन बिदा दिने योजना यसअघि पनि भए अहिले १० दिन दिनकै बिदाको घोषणा गरेको छ ।

Advertisement

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने, ब्याजदर ५ प्रतिशत, लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवालाई ५ प्रतिशत ब्याजदरमा सहुलियत दिन बजेट विनियोजन। तरकारी, दूध र माछा९मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान पाउने जस्ता लोकप्रिय कार्यक्रमका लागि बजेट बिनियोजन सरकारले गरेको छ ।

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार कर्जा र सिम कार्ड निःशुल्क दिने, निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट, ३ वर्षभित्र रासायनिक मल कारखाना स्थापनाका लागि काम सुरु गरिने, निषेधाज्ञामा खाद्य कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट, विवादित गरिबी निवारण कोष खारेज गर्ने सरकारले घोषणा गरेको छ ।

Advertisement

स्टार्टअप व्यवसायलाई परियोजना धितो राखेर १ प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा दिने घोषणा सरकारको छ । कोरोना संकटमा अध्यादेशमार्फत बजेट ल्याएको सरकारले सबैभन्दा धेरै शिक्षामा बजेट बिनियोजन गरेको छ भने स्वास्थ्यलाई प्राथकितामा राखेको छ ।

तपाईको प्रतिक्रिया