ताप्लेजुङमा रवीन्द्र अधिकारी विमानस्थल

समाधान संवाददाता २०७८ जेठ १५ गते १८:१२

समाधान संवाददाता, पोखरा

सरकारले ताप्लेजुङको सुकेटार विमानस्थलको नामाकरण रवीन्द्र अधिकारी विमानस्थल गर्ने भएको छ । अर्थमन्त्री विष्ण पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत उक्त जानकारी दिएका हुन् ।

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीले तेह्रथुमको चुहानडाँडा उक्त विमानस्थल निर्माण सम्भावना अध्ययनका सिलसिलामा २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका थिए ।

Advertisement

तेह्रथुमको चुहान डाँडामा निर्माणाधीन विमानस्थलको नाम आङछिरिङ विमानस्थल नामकरण हुने भएको छ ।

बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रुपमा पूर्णता दिइने बताए। त्रिभुवन विमानस्थलका लागि ६ अर्व ९५ करोड बजेट विनियोजन गरिएको छ।

Advertisement

यस्तै पोखरा विमानस्थलका लागि ८ अर्व ५० करोड छुट्याइएको छ। गौतम वुद्ध विमानस्थलका लागि ३ अर्व ५३ करोड बिनियोजन गरिएको छ।
सुर्खेत र भरतपुर विमानस्थलको स्तरोन्नती गरिने। सरकारले आन्तरिक विमानस्थलतर्फ १ अर्व ३३ करोड रकम विनियोजन गरेको छ।

तपाईको प्रतिक्रिया