आज पनि मुलुकभर बदली

समाधान संवाददाता २०७८ जेठ १६ गते ७:०८

काठमाडौँ । ‘यास’ चक्रवातको प्रभावले आज पनि मुलुकभरको मौसममा बलदी भएको छ ।

चक्रवात पश्चिमउत्तर(पश्चिम सर्ने क्रममा कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको असरले प्रदेश १, प्रदेश(२, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशहरुका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो र राति केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश १ र २ का केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

Advertisement

चक्रवातको असरले मंगलबारसम्म नै वर्षाको सम्भावना रहेको महाशाखाले बिहान जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

ठाउँठाउँमा भारी वर्षापछि हिलोबाटो, हिलेभिरपाखा,अवरुद्ध यातायात र संचार, पहिरो, बाढी, जमिन कटान आदीबाट बच्नरबचाउन र आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया