जनमोर्चाका कृष्ण थापा अनुपस्थित हुँदा पियारीले गरिन् सम्बोधन
समाधान संवाददाता
२०७८ जेठ १६ गते १५:२८

गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन आजबाट सुरु भएको छ । आज दलका संसदीय दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रह्यो । त्यस क्रममा राष्ट्रिय जनमोर्चा संसदीय दलका नेता कृष्ण थापा अनुपस्थित हुँदा उक्त पार्टीकी सांसद पियारी थापाले सम्बोधन गरिन् ।
अधिवेशनको आजको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल, माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले सम्बोधन गरे । उनीहरुले नेपाल सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १५ जेठमा प्रस्तुत गरेको बजेटको आलोचना गरे ।
जनमोर्चाकी पियारी थापाले पोखरामा अक्सिजन अभाव हुँदा बिरामीले ज्यान गुमाउनु परेको घटनाप्रति ध्यानाकर्षण गरिन् ।
सम्बन्धित








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया