मुस्ताङमा ४४ प्रतिशतले जिते कोरोना

समाधान संवाददाता २०७८ जेठ १६ गते १९:३७

सुन्दरकुमार थकाली \जोमसोम

हिमाली जिल्ला मुस्ताङमा ४३ प्रतिशत व्यक्ति कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार शनिबारसम्म ३ सय ३६ जना कोरोना संक्रमित मध्ये १ सय ३६ जना व्यक्ति कोरोना मुक्त भएका हुन् ।
कार्यालयका अनुसार जेठ १५ गते देखि बैशाख १५ गतेसम्ममा मुस्ताङको थासाङमा १ सय २ संक्रमित मध्ये २२ जना ,घरपझोङमा ८६ संक्रमित मध्ये ५५ जना र वारागुङ मुक्तिक्षेत्रमा १ सय ३७ संक्रमित मध्ये ६६ जना व्यक्ति कोरोनामुक्त हुन् ।

यस्तै,लोमान्थाङमा ११ जना कोरोना संक्रमित छन् भने लोघेकर दामोदरकुण्ड गापामा संक्रमितको संख्या सुन्य छ ।
मुस्ताङको घरपझोङमा २७ जना ,थासाङमा ७७ जना , वारागुङमुक्तिक्षेत्रमा ७५ जना र लोमान्थाङ गाउपालिकाका ११ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।
मुस्ताङमा संक्रमित मध्ये १ सय ४० जना व्यक्ति होमआईसोलेसनमा छन् भने २० जना संक्रमित जिल्ला अस्पताल तथा स्थानीय तहका कोभिड आईसोलेसनमा रहेको कार्यालय प्रमुख भण्डारीले उल्लेख गरे ।

Advertisement

उनका अनुसार मुस्ताङबाट कोरोना संक्रमितको थप उपचारका लागि २२ जनालाई पोखरा पठाईएको छ भने शनिबारसम्म ११ जना व्यक्तिले ज्यान गुमाएका छन् । मुस्ताङको घरपझोङमा ४ जना ,वारागुङ मुक्तिक्षेत्रमा ४ जना र थासाङ गाउपालिकामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मुस्ताङमा हालसम्म १ सय ७९ जनाको पीसीआर परिक्षण गर्दा १ सय ३ जना र १ हजार २ सय ३९ जनाको एन्टिजेन परिक्षण गर्दा २ सय ३२ जना व्यक्तिमा कोरोना संक्रमण भेटिएको हो ।
स्वास्थ्य कार्यालय मुस्ताङले अघिल्लो हप्ता संक्रमितको संख्या ह्वात्तै बढेपनि क्रमशः नियन्त्रणमा आईसकेको दावी गरेको छ ।पछिल्लो समय मुस्ताङमा संक्रमित भन्दा निको हुनेको संख्या दुईगुणा बढेको उल्लेख गरेको छ ।

मुस्ताङमा स्थानीय प्रशासनले कोरोना संक्रमण फैलिन नदिनका लागि बैशाख ३१ गतेदेखि क्रमशः निषेधआज्ञा जारी गर्दैआईरहेको छ ।
मुस्ताङमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि विदेशमा बस्ने मुस्ताङीहरुको आर्थिक सहयोगमा प्राईभेट मेडिकल टिम झिकाएर कोरोना परिक्षण गरिएको थियो ।

Advertisement

उनीहरुले स्थानीय तहमा कोरोना रोकथाम तथा नियन्त्रण संम्वन्धि स्वास्थ्य सामाग्री , अक्सिजन कल्सन्ट्रेटर र अक्सिन उपलब्ध गराएका थिए ।

तपाईको प्रतिक्रिया