कास्की एमालेको कोभिड व्यवस्थापन समिति

समाधान संवाददाता २०७८ जेठ १७ गते ९:२५

समाधान संवाददाता, पोखरा

Advertisement

कोभिड १९को फैलावटलाई रोकथाम तथा नियन्त्रणको लागि सहयोग पु¥याउननेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी कास्कीले कोभिड १९ जिल्ला व्यवस्थापन समिति कास्की गठन गरेको छ ।

जिल्ला कमिटीको पदाधिकारीको बैठकले अध्यक्ष कृष्ण थापाको संयोजकत्वमासमिति गठन गरेर कार्य विभाजनसमेत गरेको सचिव दामोदर बैरागीले जानकारी दिए । बैठकले सचिव बैरागीलाई सदस्य सचिव तोकेको छ ।बैठकले सरकार र स्थानीय प्रशासनसँग समन्वयको जिम्मेवारी अध्यक्ष थापा र सचिव बैरागीलाई दिएको छ ।

Advertisement

जिल्ला कमिटीका सदस्य सबै व्यवस्थापन समितिको सदस्यमा छन् । सबै जिल्ला कमिटीका सदस्यले पार्टी सदस्यता भएको वडामा नेतृत्व गर्नुका साथै कार्य क्षेत्रको मतदाता नामावली अध्यावधिक गर्ने जिम्मेवारी तोकिएको छ ।

अस्पताल,एम्बुलेन्स र औषधी व्यवस्थापनका लागि उपाध्यक्षमनबहादुर गुरुङ, सचिवालय सदस्यरामप्रसाद शर्मा, बैनबहादर क्षेत्री, दिलीप न्यौपाने,दर्शन लामा, विष्णुप्रसाद भण्डारीलाई जिम्मेवारी दिइएको छ ।

सचिव बैरागीले कास्कीका कोभिड १९ विरामीको तथ्यांक तथा व्यवस्थापनको लागिपालिका स्तरमा पार्टीका नेता तथा कार्यकर्तालाई जिम्मेवारी प्रदान गरेको जानकारी दिए ।

पोखरा महानगरपालिकाका लागि पार्टी अध्यक्ष दीपक पौडेल, सचिवालय सदस्यहरु तेजनारायण अधिकारी, शंकरनाथ पौडेल, महानगरका उपमेयर मञ्जुदेवी गुरुङ, शोभामोहन पौडेल, नवीन गुरुङ रहेको समिति गठन गरिएको छ ।

माछापुच्छ«े गाउँपालिकाको व्यवस्थापनका लागि पार्टी अध्यक्ष जगन्नाथ बास्तोला, पालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र पुर्णबहादुर शाहीलाई जिम्मेवारी दिइएको छ । अन्नपूर्ण गाउँपालिकामा पार्टीका नेताविष्णुबहादुर केसी, पार्टीका अध्यक्ष गौरीप्रसाद सुवेदी, सचिव विवेक देवकोटा र पालिकाका उपाध्यक्ष सगुन गुरुङ रहेको समिति गठन गरिएको छ ।

मादी गाउँपालिकामा पालिकाका अध्यक्षवेदबहादुर गुरुङ ‘श्याम’ पार्टी अध्यक्ष बालकृष्ण गुरुङ र सचिव सुवास सापकोटालाई कोभिड १९का बिरामीको तथ्यांक संकलन तथा व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ ।

रुपा गाउँपालिकामा पार्टीका अध्यक्ष सबाबक्स मिया, पालिकाका अध्यक्ष नवराज ओझा र टेकबहादुर गुरुङ रहेको समिति गठन गरिएको छ । सूचना तथा प्रविधि व्यवस्थापनको जिम्मेवारी दामोदर बैरागी,श्याम कुँवर,सञ्जय पौडेल, अर्जुनसेन गिरी, महेन्द्र उपाध्याय ‘मनु’,सुशन घिमिरेलाई दिइएको छ ।कार्यालय व्यवस्थापनको लागि उपसचिवप्रभा कोइराला, शिवबहादुर वराल र विजया सुवेदीलाई जिम्मेवारी दिएको सचिव बैरागीले बताए ।

बैठकले कास्की जिल्लामा जनस्तरमा फैलिएको कोभिड १९ संक्रमणको रोकथाम,नियन्त्रण र उपचारका लागि नेपाल सरकार,गण्डकी प्रदेश सरकार र स्थानीय सरकारले गरेका नीतिगत निर्णय र व्यवस्थापन प्रभावकारी भएको निष्कर्ष निकालेको छ ।

‘बैठकले कोरोनाको फैलावट रोक्न अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,जनप्रतिनिधि र पार्टीका कार्यकर्ताप्रति आभारप्रकट गरेको छ,’सचिव

उनले नेकपा(एमाले) कोभिड १९ जिल्ला व्यवस्थापन समिति कास्की कास्कीमा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन क्रियाशीलता पूर्वक लाग्ने बताए ।

तपाईको प्रतिक्रिया