पर्यटन परिषद १५ लाखको स्वास्थ्य सामग्री सहयोग

समाधान संवाददाता, पोखरा
नेपालमा कोरोना संक्रमण तीब्र गतिले बढिरहँदा पोखराका विभिन्न पर्यटन सम्बद्ध संघसंस्थाको छाता संगठन पोखरा पर्यटन परिषद्ले स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण गरेको छ । आइतबार पोखराको माउन्ट कैलाश रिसोर्टमा आयोजित समारोहमा परिषद्ले झण्डै १५ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, विशेष अतिथि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, नरेशबहादुर भट्टराई, नमस्ते फाउन्डेसनका चियरम्यान भीष्मराज पौडेल लगायतले पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान, मातृशिशु मितेरी अस्पताल बाटुलेचौर र संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।
कोरोनाको महामारीमा अत्यावसेक सामग्री अक्सिजन कन्सन्ट्रेटेर मेशिन ६ थान सहित अक्सिजन मेसिन ४ थान, पिपिई सेट ५ सय थान, पञ्जा १ हजार पिस, मास्क १० हजार थान लगायत स्वास्थ्य सामग्री हस्तान्तण गरेका हुन् ।
पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानका डा.डुकबहादुर क्षेत्री, मातृशिशु मितेरी अस्पताल बाटुलेचौरका डा.पुष्कर पौडेल र संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथका डा. विकास गौचतले उक्त सामग्री बुझे ।
सामग्री हस्तान्तरण गर्दै मुख्यमन्त्री गुरुङले मुलुकमा स्वास्थ्य संकटकाल नलगाइए पनि वर्तमान अवस्था संकटकाल नै भएको उल्लेख गरे । यस्तो अवस्थामा सरकारको नकारात्मक टिप्पणी गर्नुभन्दा पनि सहकार्य गर्दै मनोबल बढाइदिन उनले आग्रह गरे । पोखरामा मेयर जिसीले अहिलेको अवस्थामा थोरै सहयोगले पनि धेरैको ज्यान जोगाउन सकिने जनाउँदै सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरिदिन अनुरोध गरे ।
यसअघि पोखरा पर्यटन परिषदले चीनबाट कोरोना संक्रमितका लागि अत्यावश्यक अक्सिजन कन्सन्ट्रेटर मेसिनसहित आवश्यक स्वास्थ्य सामग्री खरिद गरेर पोखरा ल्याएको थियो ।
नमस्ते कम्युनिटी फाउन्डेसन नेपाल, अमेरिका स्थित नेप्लिज एसोसिएसन अफ जर्जिया र नेपाली कल्चर सेन्टर, जर्जियाका जनसम्पर्क समितिका प्रतिनिधि दीपक पहारी, लेकसाइडको होटल माउण्ट कैलाश रिसोर्ट, प्याराडिसो स्पोर्टस एन्ड बार, होटल लेकशोर, टेम्पल ट्री रिसोर्ट एन्ड स्पा, इजी एक्पर्ट एन्ड इम्पोर्ट सर्भिस लगायतले उक्त सामग्री खरिदमा सहयोग गरेका थिए । सहयोग हस्तान्तरण वडा नम्बर ६ का जनप्रतिनिधि, पर्यटन सम्बध विभिन्न संघसंस्थाका प्रतिनिधि, पर्यटन व्यवसायी लगायतको उपस्थिति थियो ।
पोखरा परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोनाको असर पर्यटन क्षेत्रले भोग्नुपरेको भए पनि यस्तो अवस्थामा समेत कोरोना विरुद्धको लडाइँमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । उनले अझै पनि केही स्वास्थ्य सामग्री आउन बाँकी रहेको जनाउँदै महत्वका साथ सहयोग गर्दै जाने बताए । परिषद्का महासचिव रामचन्द्र शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया