सरकारमा सहभागी हुने छलफलका लागि जसपा नेताहरु बालुवाटार

समाधान संवाददाता २०७८ जेठ १७ गते ११:३४

समाधान संवाददाता, काठमाडौं

Advertisement

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो सरकारमा सहभागी हुने तयारीका साथ प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार गएका छन् । विघटित प्रतिनिधिसभाका ३२ सांसदमध्ये ठाकुरको पक्षमा २० जना उभिएका छन् ।


छफलमा दुवै पक्षका शीर्ष नेताहरु सहभागी छन् । जसपालाई ८ मन्त्रालय दिने समझदारी यसअघि नै भइसकेको छ । ८ मन्त्री र दुई राज्यमन्त्री बन्ने गरि जसपाको ठाकुर पक्ष एमाले नेतृत्वको सरकारमा सहभागी हुने स्रोत बताउँछ ।
नागरिकता अध्यादेश, मधेस आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन कार्यदल गठन भएपछि महन्थ ठाकुर पक्षले मधेसका माग एमालेले पूरा गरेको भन्दै सत्तामा सहकार्य हुने बताएको छ ।
कार्यकारिणी समितिमा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षलाई बहुमतमा पुग्न नदिने रणनीतिका साथ ठाकुर पक्ष सत्तामा सहभागी हुनबाट केही दिन रोकिएको बताइएको छ । आइतबारसम्म कार्यकारिणी समितिमा पनि ठाकुर बहुमतमा पुगेपछि अब सरकारमा सहभागी हुने तयारी भएको ठाकुर निकट नेताहरु बताउँछन् ।


जसपामा एकले अर्को पक्षमाथि कारबाहीको तयारी समेत भइरहेका बेला एमाले र जसपा नेताहरुबीच सत्ता गठबन्धन बनाउनेबारे छलफल हुन लागेको हो । यसका साथै जसपाका अन्य मागको बारेमा पनि छलफल भइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया