चोरीको आरोपमा ३ प्रहरी निलम्बित

समाधान संवाददाता २०७८ जेठ १७ गते १२:१३

जनकपुरधाम । चोरी गरेको आरोपमा सिरहाका तीन जना प्रहरी निलम्बनमा परेको छ ।

इलाका प्रहरी कार्यालय लहानमा कार्यरत एक प्रहरी सहायक निरीक्षक र दुईजना प्रहरी जवान निलम्बनमा परेका हुन् ।

सिरहाका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माका अनुसार प्रहरी सहायक निरीक्षक नवल किशोर ठाकुर, प्रहरी जवान अन्नु कुमार राय र नरेश कुमार राय निलम्बनमा परेका छन् ।

Advertisement

गएको जेठ ९ गते गस्तिमा खटेको बेला उनीहरूले लहान नगरपालिका २३ गढीया चौकस्थित ‘पूजा मदिरा’ पसलबाट मदिरा चोरी गरेको आरोप लागेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया