बारीमै सढ्न थाल्यो माग्दीका किसानका तरकारी

रासस
स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दा म्याग्दीका किसानले उत्पादन गरेको तरकारी बिक्री हुन नसकी बारीमै सड्न थालेको छ ।
विश्वभर फैलिएको कोभिड १९ को सङ्क्रमण फैलिन नदिन भन्दै प्रशासनले निषेधाज्ञा जारी गर्दा बजारमा लैजान तयार भएको तरकारी बिक्री नहुँदा किसानहरु चिन्तित भएका हुन् ।
बजारसम्म तरकारी पु¥याउन नसक्दा र पु¥याएको तरकारी पनि बिक्री नभएपछि तरकारी बारीमै सड्न थालेको बेनी नगरपालिका–२ खबराका कृषक शोभित शर्माले बताए । सात रोपनी जग्गामा लगाएको तरकारी बिक्री नहुँदा पशुलाई खुवाउनु पर्ने वा काटेर फाल्नुपर्ने अवस्था आउन थालेको उनको भनाइ छ ।
त्यस्तै अवस्था छ खबराकै अर्का अगुवा कृषक चन्द्रबहादुर कार्कीको पनि । कार्कीले करिब १० रोपनी जग्गामा लगाएको तरकारी खेती अहिले पशुको आहारा बनेको छ ।
निषेधाज्ञा नहुँदै टिप्ने नभएको र टिप्ने समयमा लकडाउनले बजार पठाउन नपाएको मङ्गला गाउँपालिकाका अर्का कृषक टेकनाथ सापकोटाले भने । उनका अनुसार सिमी, बन्दा, धनियाँ, काँक्रो छिप्पिएर काम नलाग्ने भइसकेका छन् । आधाजति तरकारी पशुलाई खुवाइसकिएको र आधा बारीमै कुहेर खेरजाने अवस्थामा पुगेका छन् ।
तरकारीको बिक्रीले नै घरखर्च टार्ने यहाँका किसानहरु आम्दानी नभएपछि मर्कामा परेको स्थानीय तहका जनप्रतिनिधिको भनाइ छ । म्याग्दीमा २०० भन्दा बढी कृषकले व्यावसायिक तरकारी खेती गरेका छन् ।
ती सबै कृषकले उत्पादन गरेको तरकारीले अहिले बजार नपाउँदा खेतबारीमै खेर जान थालेको मङ्गलाका कृषि प्राविधिक जगत बानियाँले बताए । यहाँका कृषकहरुले तरकारी बिक्री गरेर वार्षिक रु १० करोडदेखि रु १६ करोडसम्म आम्दानी गर्दै आएका कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया