पोखरासहित देशभर १० अक्सिजन प्लान्ट बन्दै, फ्रान्सबाट उपकरण खरिद गर्ने प्रकृया अघि बढ्याे

पोखरा, १७ जेठ
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बतास फाउन्डेसनको अगुवाइमा अक्सिजन प्लान्ट बन्दै छ । प्लान्टका लागि आवश्यक बजेटको जोहो करिब भइसकेको छ भने फाउन्डेसनले प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइसियु बेडसमेत बनाउने घोषणा गरेर काम अगाडि बढाइरहेको छ ।
पोखरासहित देशभर १० ठाउँमा अक्सिजन प्लान्ट निजी क्षेत्रले बनाउने भएको छ । विभिन्न ७ संस्थाको सहकार्यमा अक्सिजन प्लान्ट बनाउन लागिएको सोमबार बिहान भर्चुअल पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
१२ करोड रुपैयाँ खर्च गरेर उनीहरुले अक्सिजन प्लान्ट स्थापनाको अभियान अगाडि बढाएका हुन् । कोरोना संक्रमणको दोस्रो चरणको महामारीसँगै अक्सिजन अभाव भइरहेको अवस्थामा स्थापना हुने प्लान्टले अक्सिजन अभाव कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । स्वास्थ्य मन्त्रालय तथा सिसिएमसीसँग सहकार्य गरी प्लान्ट आयात गरी स्थापना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
अमेरिका नेपाल मेडिकल फाउण्डेसन, बतास अग्रनाइजेसन, ज्योती ग्रुप अन्तर्गतको स्याकार ट्रेडिङ कम्पनी, शंकर इन्फिनिटी, हुमानिटी फाउण्डेसन, मिसन रिव्युल्ड नेपाल, क्रियसन रिभिजनिङ द चेन्ज र कोकाकोला फाउण्डेसनको संयुक्त प्रयासमा अक्सिन प्लान्ट स्थापना हुन लागेको हो । फ्रान्सबाट १० वटा अक्सिजन जेनेरेटर खरिद प्रक्रिया अगाडि बढिसकेको छ । एउटा अक्सिजन जेनेरेटरले २४ घन्टामा ५० बेड र १५ सिलिण्डरलाई पुग्ने अक्सिजन उत्पादन गर्न सक्नेछ ।
नेपालीले नेपालीका लागि अक्सिजन फर नेपाल नाराका साथ अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको हो ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया