बेनी—जोमसोम सडकमा सुख्खा पहिरो,बिद्युत र ईन्टरनेट सेवा अवरुद्ध

समाधान संवाददाता २०७८ जेठ १७ गते १४:०९

कोरलानाका जोड्ने राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकखण्डमा सोमबार बिहान सुख्खा पहिरो गएको छ ।कमजोर भूबनोट रहेको मुस्ताङको थासाङ—३ मिसीमा सडक चौडाका लागि रककटिङ गरिएको स्थानको सडक माथिबाट ढुङ्गासहितको सुख्खा पहिरो खसेपछि अन्दाजी २५ मिटर सडक अवरुद्ध भएको घासा प्रहरी चौकीले बताएको छ ।
बेनी—जोमसोम सडकखण्डको दोश्रो प्याकेजमा शर्मा गजुरमुखी जेभीले त्यहा कटिङ गरी सडक चौडा गर्ने काम गरिरहेको छ ।बर्खायामको मनसुन सुरु भएसंगै थासाङको मिसी सडकमा सुख्खा पहिरो गएको हो । सुख्खा पहिरोले नेपाल बिद्युत प्राधिकरणको केन्द्रिय प्रशारण लाईनको करिव एक दर्जन पोलमा क्षति पुगेको स्थानीयको भनाई छ ।सुख्खा पहिरोले बिद्युत पोलमा क्षति भएसंगै मुस्ताङ जोडिने राष्ट्रिय प्रशारण लाईन अवरुद्ध भएको छ भने नेपाल टेलिकम तथा टेकमाईन्ड कम्पनीको फाईबर नेट समेत अवरुद्ध भएको छ ।
सुख्खा पहिरोले सडक अवरुद्ध भएपछि बेनी÷जोमसोम सिधा सडक अवरुद्ध भएको छ । सुख्खा पहिरो गएको स्थानमा शर्मा गजुरमुखी जेभीको उपकरणले सडक सफा गर्ने काम सुरु गरेको छ । सडक सफा गरी यातायात सूचारु गर्न केही दिन लाग्नसक्ने जनाईएको छ ।

कालिगण्डकी गण्डकी करिडोर अन्र्तगत बेनी—जोमसोम सडक स्तरोन्नति २०७४ सालबाट सुरु गरिएको हो ।राष्ट्रिय गौरवको सडक आयोजनाको निर्माणकार्यको भौतिक प्रगती अहिले ५० प्रतिशत बढी संम्पन्न भएको छ ।

तर, आयोजनाले सडकको बृहत वातावरण प्रभाव मूल्याङ्कन ( ईआईए) नगरि सडक निर्माण सुरु गरेकाले बर्सेनि उक्त स्थानमा बाढी÷पहिरो र नदी कटानको जोखिम बढेको सरोकारवालाको भनाई छ ।गत वर्ष पनि सुख्खा पहिरोका कारण सडक माथिबाट दर्जनौ रुख÷विरुवाहरुको क्षति पुगेको थियो ।
करिडोरले सडक स्तरोन्नति गर्नु अघि साविक गाविसको अनुमतीपत्र र सामान्य स्तरको आईई प्रक्रिया मात्र पूरा गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया