जसपा ठाकुर पक्ष १० मन्त्रालय लिएर सरकारमा जाने तयारी

समाधान संवाददाता २०७८ जेठ १७ गते १४:५३

Advertisement

काठमाडौँ
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलगायत १० मन्त्री लिएर सरकारमा जान प्रधानमन्त्री केपी ओलीसँग सहमत भएको स्रोतले बताएको छ । प्रधानमन्त्री ओली र ती नेताहरुबीच बैठक १० बजेदेखि २ बजेसम्म चलेको थियो ।

भेटमा मुद्दा फिर्ता र सरकारमा सहभागीताका विषयमा छलफल भएको नेता कर्णले जानकारी दिए । ८ मन्त्री र २ राज्यमन्त्री लिने भनेर अध्यक्ष महन्थजीले भनिसकेको जसपाका नेता कर्णले बताएका छन् ।

Advertisement

मधेस आन्दोलन र थरुहट आन्दोलनमा सहभागी नेता कार्यकर्तामाथि लागेका केही मुद्दा फिर्ता लिने प्रविधिक काम पूरा भएपछि सरकारमा सहभागीताबारे निर्णय लिइने उनले बताए । बैठकमा दुवै तर्फबाट कार्यदलका सदस्यको पनि सहभागीता थियो ।

कार्यदलमा सुवास नेम्वाङ, राजन भट्टराई सर्वेन्द्रनाथ शुक्ललगायत छन् । सरकारमा सहभागी हुने पक्काजस्तै भएको तर ८ मन्त्री र २ राज्यमन्त्री आफूहरुले दाबी गरेको भए पनि निर्णय सार्वजनिक भइनसकेको जसपा नेताहरुले बताएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया