राधी हाइड्रो पावरले १४७.५२ प्रतिशत हकप्रद सेयर दिने
समाधान संवाददाता
२०७८ जेठ १७ गते १८:५१

समाधान, काठमाडौं
राधी विद्युत् कम्पनी लिमिटेडले सेयरधनीलाई १४७.५२ प्रतिशत हकप्रद सेयर दिने भएको छ । यही १६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त हकप्रद दिने प्रस्तावबारे निर्णय गरेको हो ।
कम्पनीका अनुसार सेयरधनीलाई ३६.५ प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजी ६४ करोड ६४ लाख ४ हजार ६ सय २२ रुपैयाँ ५० पैसाको १४७.५२ प्रतिशतले हुन आउने १ सेयर बराबर नयाँ १.४७५२ (१ः१.४७५२) सेयरको अनुपातमा प्रतिसेयर सय रुपैयाँको दरले ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता बराबरको हकप्रद सेयर निस्कासन गर्ने प्रस्ताव गरिएको छ ।
यसअनुसार आगामी १५ औँ वार्षिक साधारणसभामा प्रस्ताव पेस गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । आव २०७६÷०७७ को वार्षिक साधारणसभा कोरोनाको वर्तमान अवस्थालाई ध्यानमा राख्दै यथाशीघ्र गर्ने निर्णय गरेको जनाइएको छ ।
सम्बन्धित









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया