सांसद पहारीको सहयोग

समाधान संवाददाता २०७८ जेठ १७ गते १९:०८

समाधान संवाददाता, पोखरा

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले अन्नपूर्ण गाउँपालिकालाई सहयोग गरेका छन् ।

सांसद पहारीले सोमबार अन्नपूर्ण गाउँपालिकाका लागि स्वास्थ्य सामाग्री पठाएका छन् । अन्नपूर्णको ११ वटै वडाका लागि उनले ५५ सय थान सर्जिकल मास्क, ५ सय थान हात धुने साबुन, २४ बोत्तल स्यानिटाइजर, ११ फेस सिल्ड र १० थान पिपिइ पठाएका छन् । पार्टीका गाउँपालिका कमिटी सचिव विवेक देवकोटामार्फत पहारीले व्यक्तिगत खर्चमा स्वास्थ्य सामाग्री पठाएका हुन् ।

Advertisement

आफू निर्वाचित क्षेत्रका जनताको जीवन रक्षा र कोरोना नियन्त्रणका लागि आफूले सहयोग गरेको पहारीले बताएका छन् । कोरोना रोकथामका लागि सरकारको मात्रै मुख ताकेर नहुने भन्दै सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उनले बताए ।

‘कोरोना सबैको साझा समस्या हो, सरकारलाई गाली गरेर मात्रै कोभिड रोकिँदैन, सबैले सकेको सहयोग गरौं,’ पहारीले भने । स्वास्थ्य सामाग्री ग्रहण गर्दै सचिव देवकोटाले अन्नपूर्णमा संकट व्यवस्थापन र रोकथाममा सहयोग पुग्ने आशा व्यक्त गरे ।

Advertisement

तपाईको प्रतिक्रिया