कालो कोट लगाउनेले न्यायमूर्तिको मर्यादा कुल्चने काम गरेः प्रधानमन्त्री

समाधान संवाददाता २०७८ जेठ १७ गते १९:१८

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालो कोट लगाएका अराजक व्यक्तिहरूले न्यायमूर्तिहरूको मर्यादा कुल्चने काम गरेको बताएका छन् ।

सोमबार युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले न्यायाधीशमाथि विपक्षी गठबन्धनका कानुन व्यवसायीले उठाएको प्रश्‍नप्रति आक्रोश व्यक्त गरेका हुन् ।

ओलीले रिट निवेदक र अधिवक्ताहरूले अदालतको मानसम्मान, न्यायाधीशहरूको मानसम्मान गरिमा कुल्चने काम गरेको टिप्पणी गरेका हुन् । अधिवक्ताहरूले न्यायाधीश तय गर्ने हो भने कस्तो न्यायिक सिस्टम तय गछौं भन्‍ने प्रश्‍न सिर्जना भएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया