शेयर बजार घट्यो

समाधान संवाददाता २०७८ जेठ १७ गते १९:३४

काठमाडौँ– आइतबार उच्च विन्दुमा पुगेको शेयर बजार सोमबार ओरालो लागेको छ । सोमबार नेप्से सूचक ४५.२५ अंकले घटेर २७८२.६८ विन्दुमा आइपुगेको छ ।

२१८ कम्पनीको ३ करोडभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । आज १३ अर्ब ९० करोड ९१ लख बराबरको शेयर कारोबार भएको छ । आइतबार १७ अर्ब रुपैयाँभन्दा बढी सेयर कारोबार भएको थियो ।

आज म्युचुअल फन्डबाहेक सबै समूहका परिसूचक घटेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया