नेता कुवँर अस्वस्थ, हेलिकाेप्टरबाट काठमाडाैं लगियाे

समाधान संवाददाता, पाेखरा ।
नेपाली कांग्रेसका नेता एवं पाेखरा महानगरपालिकाका मेयर पदका प्रत्यासी रामजि कुवँरलाई थप उपचारका लागि काठमाण्डाैं लगिएकाे छ ।
काेराेना संक्रमित कुवँरलाई थप उपचारका लागि हेलिकाेप्टरबाट आईतबार काठमाण्डाैं लगिएकाे पारिवारिक श्राेतले जानकारी दिएकाे छ ।
पाेखराकाे लेकसाईडस्थित निबासमै रहनु भएका कुवँरलाई ११ दिनअघि संक्रमण पुष्टि भएकाे बताइएकाे छ ।
नेता कुवँरकाे काठमाण्डाैंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेकाे नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले जानकारी दिएका छन् । केसीले लेखेकाे फेसबुक स्टाटसमा कुवँर अहिले कस्ताे अवस्थामा हुनुहुन्छ भन्ने बारेमा केही उल्लेख गरिएकाे छैन ।
केसीले गरेकेा पाेष्टः नेपाली कांग्रेस केन्द्रिय पूर्व आमन्त्रित सदस्य,ट्रेडयुनियन काँग्रेसका पूर्व वरिष्ट उपाध्यक्ष तथा वरिष्ट नेता पाेखरा मा.न.पा.काे कांग्रेसका मेयर प्रत्यासी रामजी कुँवर ज्यू टिचिङ हस्पिटल उपचाररत हुनुहुन्छ, वहाको शिघ्र स्वास्थलाभकाे हार्दिक शुभकामना व्यक्त गर्दछु।
पछिल्लाे स्थानीय निर्बाचनमा पाेखरा महानगरपालिकाकाे मेयरमा नेपाली कांग्रेसका तर्फबाट निर्बाचन लडेका कुँवर एमालेका मानबहादुर जिसीसँग पराजित भएका थिए ।
तपाईको प्रतिक्रिया