कस्तो रहला आजको मौसम ?
समाधान संवाददाता
२०७८ जेठ १८ गते ७:२३

काठमाडौँ – देशका अधिकांश क्षेत्रमा मंगलबार सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायु, स्थानीय वायु र भारतको विहार तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभावका कारण मौसम बदली हुने भएको हो ।
अहिले प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली र देशका अन्य भू–भागहरुका स्थानहरुमा आंशिक बदली रही प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश एक–दुई स्थानहरुमा हल्का वर्षा भएको छ ।
मंगलबार दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ । देशभर केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग रहावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया