बजेटका सिद्धान्त प्राथमिकतामा के भन्छन् विपक्षी ?

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेश सभामा सोमबार अर्थमन्त्री किरण गुरुङले आउँदो आर्थिक वर्षको बजेटका सिद्धान्त प्राथमिकता प्रस्तुत गरे । कोभिड र क्रमागत योजनालाई प्राथमिकता दिँदै मन्त्री गुरुङले बजेटका सिद्धान्त प्राथमिकता प्रस्तुत गरेका थिए ।
मन्त्री गुरुङले प्रस्तुत गरेको बजेटका सिद्धान्त प्राथमिकता अहिले महत्वपूर्ण नभएको प्रदेश सभाका विपक्षी सांसद बताउँछन् । प्रदेश सरकार अल्पमतमा रहेकाले राजनीतिक विषय बढी महत्वको भएको उनीहरुको ठहर छ ।
के भन्छन् त विपक्षी सांसदहरु ?
कुमार खड्का, नेपाली कांग्रेस
बजेटको सिद्धान्त प्राथमिकता ल्याउने अनि नीति कार्यक्रमका आधारमा बजेट ल्याउने अन्तर्राष्ट्रिय परम्परा छ । तर गण्डकी प्रदेश सरकारले सिद्धान्त र कार्यक्रममा नटेकी नीति कार्यक्रम ल्याउँछ । नीति कार्यक्रममा आएका विषय बजेटमा समावेश नभएको गण्डकीको इतिहास छ । विनियोजन विधेयक नीति कार्यक्रमका लागि आधारपत्र भएको इतिहास गण्डकीमा छैन र अहिलेपनि हुने वाला छैन । त्यो भन्दा पनि महत्पूर्ण पक्ष राजनीतिक पक्ष हो । अहिलेको सरकार अल्पमतको सरकार हो र यो सबैले स्वीकारेको कुरा हो । १ गते अघि नै विश्वासको मत लिनुपर्ने र यो सरकारले ल्याएको सिद्धान्त र प्राथमिकतामा टेकेर बजेट आउने सम्भावना नभएकाले यसमा के आयो भन्ने महत्वपूर्ण छैन ।
हरिबहादुर चुमान, माओवादी केन्द्र
सिद्धान्त तथा प्राथमिकता भनेको अमूर्त कुरा हो । यसले त सबैलाई समेटेको भन्ने नै देखिन्छ । प्राथमिकतामा सबै कुरा समेटेको देखिन्छ । यसलाई अब बजेटले कसरी सम्बोधन गर्छ भन्ने मुख्य हो । अमूर्त विषयमा यो भयो यो भएन भनेर भन्न मिलेन । यसको आधारमा बजेट सम्भव हुन्छ कि हुन्न भन्ने मात्रै हो ।
हरिशरण आचार्य, जनता समाजवादी
सिद्धान्त र प्राथमिकताका विषयवस्तु सुन्दा सरकार पछि हट्दै गएको, जिम्मेवारीबाट पन्छिँदै गएको र विगतका निरन्तरताबाट उठ्न नसकेको देखिन्छ । समग्रमा अहिलेसम्म आउँदा बजेट कसरी ल्याइँदै छ भन्ने कुरा सिद्धान्त र प्राथमिकतामा झल्कनुपर्ने हो तर त्यो विषयवस्तु नभई विगतको समिक्षा गरे जस्तो भयो ।
विगतमा आफूले आफैलाई कमजोर महसुस गरे जस्तो विषयवस्तु झल्किन्थ्यो । यो सरकार आफैंमा अल्पमतमा छ । आफैं खुकुरीको धारमा भएकाले क्लियर सिद्धान्त र प्राथमिकता ल्याउन सकेन जस्तो लाग्छ ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया