श्रीमती बितेको आधा महिनामै मेनकाजीको निधन

समाधान संवाददाता २०७८ जेठ १८ गते ८:०२

समाधान संवाददाता, पाेखरा ।

हिमाली सांस्कृतिक परिवार पाेखराका अध्यक्ष मेनकाजी गुरुङको निधन भएको छ ।

मुटुको समस्या रहेका गुरुङमा ३ साता अघि कोरोना संक्रमणबाट मुक्त भएका थिए । उनको सोमबार राति फिस्टेल अस्पतालमा मुटुको उपचारका क्रममा निधन भएको हो ।

Advertisement

मेनकाजीकी पत्नी मीना गुरुङको कोरोना संक्रमणकै कारण वैशाख ३० मा निधन भएको थियो । त्याे बेला श्रीमान श्रीमती दुवै जनालाई काेराेना संक्रमण भएकाे थियाे । उहाँकी धर्म पत्नीले काेराेनालाई जित्न सक्नु भएन । तर मेनकाजीले जित्नु भएकाे थियाे ।

श्रीमतीकाे निधनपछि तनावमा रहनु भएका मेनकाजीलाई साेही पिरले हर्ट अट्याक भएकाे अनुमान गरिएकाे छ ।

Advertisement

पाेखरामा हुने हरेक जसाे कार्यक्रममा साँस्कृतिक प्रस्तुति दिनु परेमा सबैले सम्झने नाम हाे मेनकाजी । उनै हसिला अनुहार र सहयाेगी मनका धनी गुरुङलाई पाेखराले गुमाएकाे छ ।

मेनकाजीका १ छोरा र १ छोरी छन् ।

तपाईको प्रतिक्रिया