पुरानै अडानमा छु, कांग्रेसलाई सहयोग गर्दिनँः कृष्ण थापा

समाधान संवाददाता २०७८ जेठ १८ गते ११:३७

समाधान संवाददाता, पोखरा

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले आफू पुरानै अडानमा रहेको र कांग्रेसलाई कुनै हालतमा सहयोग नगर्ने बताएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने बेला विपक्षी गठबन्धनमा सहयोग नगर्ने उनले बताए ।

आफ्नो सांसद पद गुमेपनि कांग्रेसलाई सहयोग गर्ने पक्षमा आफू नरहेको उनले बताए । ‘सांसद पद जान्छ भन्ने थाहा छ, तर म अहिले पनि पहिलेकै अडानमा छु, कांग्रेसलाई सहयोग गर्न सकिँदैनै,’ उनले भने ।

Advertisement

आइतबार जनमोर्चाले उनलाई संसदीय दलको नेताबाट हटाएर अर्की सांसद पियारी थापालाई दलको नेता चयन गरेको थियो । थापाले यसमा पनि आपत्ति जनाएका छन् । उनले भनेका छन्, ‘संसदीय अभ्यासमा दुनियाँमा एउटै दलको एक व्यक्तिलाई दुई पद भएको अभ्यास संसदीय मर्यादा विपरित छ। प्रमुख सचेतक पद पनि लिएको भा ३ पद नै हजुरका हुन्थे माननीय ज्यु। कतै घुस पेठियाको षडयन्त्र नहोस।’

प्रदेश सभामा मुख्यमन्त्री गुरुङको सरकार ढाल्ने÷जोगाउने खेलमा जनमोर्चा निर्णायक छ । तर जनमोर्चा आफैं २ धारमा उभिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया