बढ्यो सुनको मूल्य

समाधान संवाददाता २०७८ जेठ १८ गते १२:००

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले बढेको छ भने चाँदी पनि तोलामा १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको मूल्य तोलाको ९४ हजार ५०० रुपैयाँ कायम गरेको छ । सोमबार ९४ हजार २०० कायम गरिएको थियो, आइतबार ९४ हजार थियो ।

Advertisement

यस्तै, तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९४ हजार पुगेको छ ।

मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर तोलाको १३ सय ७० पुगेको महासंघले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया