दुबईले नेपाललाई स्वास्थ्य सामाग्री पठाउने
समाधान संवाददाता
२०७८ जेठ १८ गते १२:०३

दोहा । संयुक्त अरब इमिरेट्स (यूएई) ले दोस्रो लहरको कोरोना भाइरसविरूद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री पठाउने भएको छ ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र यूएईका परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सहायता मन्त्रालयका अहमद बिन अली अल सायदबीच भएको भर्चुअल बैठक यूएईले चाँडै विशेष विमानमार्फत स्वास्थ्य सामग्री पठाउन लागेको जानकारी दिएको हो ।
यूएई सरकारले कोभिड(१९ बाट सङ्क्रमित नेपालीहरूको सहयोगका लागि १ सय ५० भेन्टिलेटरसहित अन्य अत्यावश्यक स्वास्थ्य उपकरणहरु पठाउन लागेको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया