एमाले स्थायी कमिटि बैठक बस्दै
समाधान संवाददाता
२०७८ जेठ १८ गते १२:०८

काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटि बैठक मंगलबार बस्दैछ ।
आइतबार बेलुका बस्ने भनिएको बैठक सोमबारका बिहानका लागि सारिएको थियो । सोमबार पनि स्थगित भएको बैठक मंगलबार बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो ।
बैठकमा पार्टीको आन्तरिक गतिविधि, राष्ट्रिय राजनीतिकसहितका विषयमा छलफल हुने परराष्ट्र मन्त्री समेत रहेका नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर गर्ने थप १२ जना नेतालाई कारवाही, बजेटसहितका विषयमा पनि छलफल हुने जनाइएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया