न्यायाधीश नै विभाजित भएपछि संवैधानिक इजलास भङ्ग, २३ गते नयाँ इजलास घाेषणा हुने

समाधान संवाददाता २०७८ जेठ १८ गते १३:५३

समाधान संवाददाता, पाेखरा ।

सर्बाेच्च अदालतकाे संवैधानिक इजलासमा रहेका न्यायाधीश नै विभाजित भएपछि प्रतिनिध सभा विघटन र नयाँ सरकार गठन सम्बन्धि मुद्दा हेर्न गठित संवैधानिक इजलास भङ्ग भएकाे छ ।

प्रधान न्यायाधीश चाेलेन्द्र समशेर जबराले यस्ताे जानकारी गराउदै अब नयाँ इजलास गठन गर्ने घाेषणा गरेका छन् ।

Advertisement

प्रधानन्यायाधीश बाहेकका इजलासमा रहेका ४ जना न्यायाधीय दुइ भागमा विभाजित भएपछि अप्ठेराेमा परेका प्रधानन्यायाधीले यस्ताे निर्णय लिएका हुन् ।

प्रधानन्यायाधीशले याे निर्णय लिनुअघि इजलासमा परेका २ जना न्यायाधीय आनन्दमाेहन भट्टराई र दीपक कार्कीले इजलासबाट अलग भएकाे घाेषणा गरेका थिए । यसअघि इजलासमा परेका र पक्षधर वकिलहरुले सुनुवाईबाट अलग हुन भनेका न्यायाधीयद्वय वमकुमार श्रेष्ठ र तेजबहादुर केसीले इजलासबाट नबाहिरिने जिकिर गरेका थिए ।

Advertisement

यसरी इजलासकै न्यायाधीशहरु विभाजित भएपछि अप्ठेराेमा परेका प्रधानन्यायाधीले जेठ २३ गतेसम्मका लागि सुनुवाई स्थगित गर्दै नयाँ इजलास बनाउने घाेषणा गरेका हुन् ।

तपाईको प्रतिक्रिया