चिनियाँ खाेप काठमाडाैं आइपुग्याे

समाधान संवाददाता २०७८ जेठ १८ गते १५:१३

समाधान संवाददाता, पाेखरा ।

चीन सरकारले अनुदान स्वरुप उपलब्ध गराएकाे मध्ये ८ लाख डाेज काेराेना भाइरसकाे खाेप नेपाल आइपुगेकाे छ ।

खाेप लिनका लागि हिजाे राति चीनकाे बेइजिङ उडेकाे नेपाल वायु सेवा निगमकाे जहाज साे खाेप सहित काठमाडाैं स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे छ ।

Advertisement

आजै थप १ लाख खाेज हिमालयन एअर लायन्सले ल्याउदैछ । कुनमिनबाट काठमाडाैं आउदै गरेकेा हिमालयन एअर लाइन्सले आज साँझ १ लाख र बुधबार बाँकी १ लाख ल्याएपछि चीनले अनुदानमा दिने १० डाेज नेपाल भित्रिनेछ ।

नेपालमा काेराेना महामारी फैलिएकाे बेलामा राष्ट्रपति विद्यादेवी भण्डारीले सिधैंं चिनिया राष्ट्रपतिसँग कुराकानी गरेर खाेप सहयाेग मागकी थिइन् ।

Advertisement

त्यसैकाे जवाफमा चीनले १० लाख खाेप अनुदान दिएकाे हाे ।

अर्काे छिमेकी मुलुक भारतले दिन्छु भनेकाे खाेप पनि नदिदाँ पहिलाे डाेज खाेप लगाएका लाखाैं ६५ बर्ष माथिका बृद्ध अन्याैलमा परेका छन् ।

यद्यपि राष्ट्रपतिले भारतीय समकक्षीलाई पनि पत्र लेखेर खाेप उपलब्ध गराइदिन आग्रह गरिसकेकी छन् ।

तपाईको प्रतिक्रिया