ट्रेजर लाउन्जद्वारा पश्चिमाञ्चल अस्पताललाई सहयाेग

समाधान संवाददाता २०७८ जेठ १८ गते १५:३०

हस्पिटलका निर्देशक भरत खत्रीलाई पानी हस्तान्तरण गर्दै ट्रेजरका सञ्चालक किरण बराल ।

Advertisement

समाधान संवाददाता, पाेखरा ।

पाेखराकाे लेकसाईडमा रहेकाे ट्रेजर लाउन्ज एण्ड बारले काेराेना संक्रमितकाे उपचारमा खटिएका पश्चिमाञ्चल हस्पिटलका चिकित्सक र कर्मचारीकाे लागि सहयाेग हस्तान्तरण गरेकाे छ ।

संक्रमितकाे उपचारमा खटिने स्वास्थ्यकर्मीलाई स्वस्थ पिउने पानीकाे अभाव भएकाे थाहा पाएपछि मिनरल वाटर र जुस सहयाेग स्वरुप हस्तान्तरण गरेकेा ट्रेजरका सञ्चालक किरण बरालले बताए ।

बरालका अनुसार मंगलबार ५५ कार्टुन पानी र जुस अस्पतालका निर्देशक डा. भरत खत्रीलाई हस्तान्तरण गरिएकाे हाे ।

Advertisement

गत वर्ष पनि काेराेना महामारी कै बेलामा स्वास्थ्यकर्मीलाई मास्क र स्यानिटाजरकाे अभाव भएपछि ट्रेजर लाउन्जले सहयाेग गरेकेा थियाे ।

तपाईको प्रतिक्रिया