रहेनन् उज्वल थापा
समाधान संवाददाता
२०७८ जेठ १८ गते १७:३८

काठमाडौँ । विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको निधन भएको छ । विवेकशील साझा पार्टीका अनुसार आज दिउँसो ४ः२५ बजे उनको निधन भएको हो । ४४ वर्षका थापाको उपचारको क्रममा निधन भएको हो ।
एक्कासी श्वासप्रश्वासमा समस्या देखिएपछि थापालाई दुई साताअघि काठमाडौँकै ह्याम्स अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । ह्याम्समा उपचारका लागि आइसीयू बेड खाली नभएपछि उनलाई वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया