गण्डकीमा आज १६ संक्रमितको मृत्यु

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा मंगलबार १६ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा एकैदिन १६ संक्रमितले ज्यान गुमाएका हुन् ।
ज्यान गुमाउनेमा कास्की, नवलपुरका ४÷४ संक्रमित छन् । स्याङ्जाका ३, तनहुँका २, म्याग्दी, पर्वत र बागलुङका १÷१ संक्रमितको मृत्यु भएको छ ।
प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ । प्रदेशमा मंगलबार ४७३ जनामा कोभिड देखिएको छ । ११११ जनाको परीक्षणमा ४७३ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कास्कीका २०१, नवलपुरका ६३, पर्वतका ६२, लमजुङका ४१, स्याङ्जाका ३५, बागलुङका ३० जनामा संक्रमण पुष्टि भएको छ ।
तनहुँका २१, म्याग्दीका १२ र गोरखाका ८ जनामा संक्रमण देखिएको छ । प्रदेशमा संक्रमितको संख्या ४२ हजार ९९७ पुगेको छ । तीमध्ये १० हजार ४२४ जना सक्रिय संक्रमित छन् ।
तपाईको प्रतिक्रिया