चीनकाे दाेश्राे खाेपले स्विकृति पायाे, शतप्रतिशत प्रभावकारी !

समाधान संवाददाता २०७८ जेठ १९ गते ७:३१

समाधान संवाददाता, पाेखरा ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मान्यता प्रदान गरेकाे छिमेकी मुलुक चीनले उत्पादन गरेकाे दाेश्राे खाेप शत प्रतिशत प्रभावकारी भएकाे दावी गरिएकाे छ ।

सिनोभाक खोप लगाएका मध्ये आधालाई लक्षणयुक्त संक्रमणबाट जोगिन सक्ने तथा शतप्रतिशतलाई संक्रमण भए पनि गम्भीर अवस्था आएर अस्पताल भर्ना हुने अवस्था नआउनले अध्ययनले देखाएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

Advertisement

यही अध्ययनका आधारमा डब्लुएचओले चीनले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप सिनोभाकलाई आकश्मिक प्रयोगका लागि स्वीकृति प्रदान गरेको हाे ।

डब्लुएचओबाट स्वीकृति प्राप्त गर्ने यो चीनले विकास गरेको दोस्रो खोप हो । यसअघि डब्लुएचओले सिनोफार्मलाई पनि आकश्मिक प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो ।

Advertisement

डब्लुएचओले प्रमाणिकरण गर्नु पूर्व नै सिनोभाक विश्वका विभिन्न देशमा प्रयोग हुँदै आएको छ । डब्लुएचओले १८ वर्ष माथिकालाई सो खोप लगाउन मिल्ने बताएको हो । पहिलो मात्रा लगाएको दुईदेखि चार हप्ता भित्र दोस्रो मात्रा लगाउनु पर्ने डब्लुएचओको भनाइ छ ।

तपाईको प्रतिक्रिया