चेम्बरको सहयोग
समाधान संवाददाता
२०७८ जेठ १९ गते ८:०४

पोखरा, १८ जेठ
गण्डकी प्रदेश चेम्बर अफ कमर्सले जिल्ला प्रशासन कार्यलय कास्की लाई १००(सय) थान पीपीइ र (४०००) चार हजार थान मास्क हस्तान्तरण गरेको छ ।
कास्की जिल्ला प्रदेशको राजधानी र स्वास्थ्य उपचारमा सबै जिल्लाबाट बिरामी पोखरा आउने हुँदा आम नागरिकको जीवन रक्षामा सेवा दिइरहेको स्वास्थ्यकर्मी र सेना प्रहरीको मनोबल बढाउन सानो सहयोग भए पनि सबैमा हौसलाहोस् भनी सहयोग गरिएको गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले जानकारी दिए ।
गण्डकी प्रदेश चेम्बर अफ कमर्सले अहिले प्रदेशभरि अक्सिजनको अभावलाई मध्यनजर गर्दै जिल्ला चेम्बरहरुको सहयोगमा सबै जिल्लामा अक्सिजन आपूर्तिमा समेत समन्वय गरिरहेको अध्यक्ष सुनारले जानकारी दिए ।
कहिँ कतै कुनै जिल्लामा अक्सिजन आपूर्तिमा असहजता भए सहजताको लागि सहयोग गर्ने समेत अध्यक्ष किसान सुनारले जानकारी दिए ।
सम्बन्धित








‘९ औं मा हारें, १०औंमा कुरा मिलेन, अब उपाध्यक्ष छोड्दिनँ’
जनप्रिय क्याम्पस ३५ वर्षमा
जेन जी आन्दोलनमा कारागारबाट भागे, पटकपटक चोर्दै हिँडे र पक्राउ परे
पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया