चेम्बरको सहयोग

समाधान संवाददाता २०७८ जेठ १९ गते ८:०४

पोखरा, १८ जेठ

गण्डकी प्रदेश चेम्बर अफ कमर्सले जिल्ला प्रशासन कार्यलय कास्की लाई १००(सय) थान पीपीइ र (४०००) चार हजार थान मास्क हस्तान्तरण गरेको छ ।

कास्की जिल्ला प्रदेशको राजधानी र स्वास्थ्य उपचारमा सबै जिल्लाबाट बिरामी पोखरा आउने हुँदा आम नागरिकको जीवन रक्षामा सेवा दिइरहेको स्वास्थ्यकर्मी र सेना प्रहरीको मनोबल बढाउन सानो सहयोग भए पनि सबैमा हौसलाहोस् भनी सहयोग गरिएको गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले जानकारी दिए ।

Advertisement

गण्डकी प्रदेश चेम्बर अफ कमर्सले अहिले प्रदेशभरि अक्सिजनको अभावलाई मध्यनजर गर्दै जिल्ला चेम्बरहरुको सहयोगमा सबै जिल्लामा अक्सिजन आपूर्तिमा समेत समन्वय गरिरहेको अध्यक्ष सुनारले जानकारी दिए ।

कहिँ कतै कुनै जिल्लामा अक्सिजन आपूर्तिमा असहजता भए सहजताको लागि सहयोग गर्ने समेत अध्यक्ष किसान सुनारले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया