खर्च विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई सरकारको निर्देशन

समाधान संवाददाता २०७८ जेठ १९ गते ८:१८

काठमाडौँ । सरकारले कोभिड(१९ संक्रमितको उपचार गराइरहेका निजी अस्पताल तथा स्वास्थ्य उपचार केन्द्रलाई खर्च विवरण सार्वजनिक निर्देशन दिएको छ ।

संक्रमितको उपचार गराइरहेका सबै निजी अस्तपाल तथा स्वास्थ्य केन्द्रले सेवा शुल्क बापत लिएको खर्च अस्पतालको बोर्डबाट निर्णय सात दिनभित्र विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो । आफ्नो वेभसाइटमा खर्च विवरण राख्‍न अस्‍पताललाई निर्देशन दिएको हो ।

सबै जानकारी स्वास्थ्य संस्था सञ्चालन इजाजतपत्र दिने तथा नवीकरण गर्ने निकाय समक्ष पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरिएको विज्ञप्‍तिमा उल्लेख छ ।

Advertisement

तपाईको प्रतिक्रिया