चालु वर्षभित्रै मुस्ताङका सबै पालिकामा विद्युतको पहँुच

समाधान संवाददाता २०७८ जेठ १९ गते १४:०८

सुन्दरकुमार थकाली \जोमसोम

हिमाली जिल्ला मुस्ताङका ५ वटै स्थानीय तहमा चालु आर्थिक वर्षभित्रै विद्युतको पहुँच सुनिश्चित गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले उपल्लो मुस्ताङ लगायतका विद्युत विस्तार हुन बाँकी रहेका घरधुरीमा राष्ट्रिय प्रशारण लाईनको विद्युत सेवा विस्तार गर्न लागेको हो ।
नेपाल विद्युत प्राधिकरणले गतवर्षनै उपल्लो मुस्ताङको लोमान्थाङ—२ छोसरको नेचुङसम्म राष्ट्रिय प्रशारण लाईन विस्तार गरिसकेको थियो । नेपाल सरकारसंगको सहकार्यमा गण्डकी प्रदेशले नेपाल विद्युत प्राधिकरण र विद्युत वितरणकेन्द्रसंग समन्वय गरी उपल्लो मुस्ताङको नेचुङसम्म राष्ट्रिय प्रशारण लाईन विस्तार संम्पन्न गरेको थियो ।

म्याग्दीको तातोपानी वितरण केन्द्र र जोमसोमको निलगिरि उपभोत्ता सहकारी संस्थाका प्राविधिक टोलीले कोरलाको नेचुङसम्म राष्ट्रिय प्रशारणको हाईटेन्सन लाईन तान्ने काम गतवर्षनै पुरा गरेका थिए ।
प्राधिकरणले गतवर्षनै उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गापासहित जिल्लाको ९० प्रतिशत घरधुरीमा विद्युतको पहुँच विस्तार गरिसकेकोमा यसपटक भने बाँकी रहेको स्थानमा समेत विद्युतीकरण गर्ने कार्यक्रम रहेको तातोपानी वितरणकेन्द्रका प्रमुख सुनिल सापकोटाले जानकारी दिए ।

Advertisement

“मुस्ताङको उत्तरी कोरलाको नेचुङसम्म गतवर्षनै राष्ट्रिय प्रशारण लाईन पू¥याएका थियौं,घरघरमा विद्युतीकरण गर्न बाँकी थियो,उनले भने “ अब त्यो काम असारसम्म सक्ने गरी काम अघि बढाईसकेका छौ ।’
भौगोलिक रुपले विकट मानिएको उपल्लो मुस्ताडको लोमान्थाड तथा सीमावर्तीक्षेत्रमा राष्ट्रिय प्रशारण लाईनको काम पूरा भएपनि बर्सेनि हिउँदयाममा हिमपात हुने,एक आपसमा जोडिएका माटोका घरहरु भएको कारण विद्युत अवरुद्ध भई भौतिक तथा मानविय जोखिम उत्पन्न हुने भएकाले स्थानीयले नाड्गो तारको सट्टा एबिसी केवल तार जडान गर्न माग गरेका थिए । विद्युतीय जोखिम न्यूनिकरण गर्नका लागि उपभोत्ताको माग अनुसार असारसम्ममा विद्युतीय ईकुमेन्टको व्यवस्थापन गरिसकेको तातोपानी वितरणकेन्द्रका प्रमुख सापकोटाको भनाई छ ।

उनका अनुसार प्राधिकरणले उपल्लो मुस्ताडका बाँकी रहेका घरधुरीमा विद्युत विस्तार गर्नका लागि ट्रान्सफर्मर ,डिस्क,पिन ,तार ,एबिसी केवल र बिद्युत पोल लगायतका उपकरण संम्वन्धित स्थानमा पू¥याईसकेको छ ।

Advertisement

उपल्लो मुस्ताडसहित बाँकी रहेका स्थानमा विद्युतीय पहुँच विस्तारका लागि ट्रान्सफमेसन तथा प्राविधिक जडान गर्ने जिम्मा न्यू ढुड्गाना निर्माण सेवाले पाएको छ । कोरोना माहामारीको बिषम अवस्थामा समेत चालु वर्षभित्रै काम सम्पन्न गर्न उद्देश्यले ४ प्याकेजमा करिव ४५ जना प्राविधिक जनशक्ति फिल्डमा परिचालन भईसकेको जनाईएको छ ।

नेपाल विद्युत प्राधिकरणको हिमाली जिल्ला मुस्ताडमा सामुदायिकतर्फ ३५ सय र प्राधिकरणको सेवा लिने करिव १५ सय उपभोत्ता छन् ।अब मुस्ताडमा बिद्युतीकरण विस्तारसंगै बाँकी रहेका ४ सय घरधुरीलाई समेत विद्युत पहुँचमा जोडिने तातोपानी विद्युत वितरण केन्द्रले बताएको छ ।
यस्तै प्राधिकरणले मुस्ताडको नेचुडसम्म राष्ट्रिय विद्युतको प्रशारण लाईन विस्तार गरेपनि नेचुड देखि कोरलानाकासम्म बिद्युतीय संरचना निर्माणका लागि टेन्डर आह्वान भईसकेको तातोपानी वितरण केन्द्रले जनाएको छ ।“ पोल र तारसहित संरचना निर्माण गर्ने काम सुरु हुन्छ र आवश्यक पर्ने समयमा विद्युत प्रवाह गर्ने गरी काम हुन्छ ।उनले भने ।’

प्राधिकरणले १३२÷१३३ केभी प्रशारण लाईनलाई डाउन गर्दै म्याग्दीको दानामा २२० केभीको स्वस्टेशन निर्माण गरिसकेकाले मुस्ताडमा राष्ट्रिय विद्युत प्रशारण लाईन विस्तारमा सहज हुने जनाएको छ ।यसअघि चरम विद्युत समस्या भोग्दै आईरहेको मुस्ताडलाई सवस्टेशन निर्माण भईसकेकाले अब बिद्युतीय समस्या भोग्न नपर्ने जनाईएको छ ।
मुस्ताडको थापाखोला हाईड्रो पावर कम्पनीले दाना ,बेनी र मुस्ताडको कोवाडमा सम्झौता अनुसार केवलिड गर्नुपर्नेमा कम्पनीले कोवाडमा ३३ केभीको केवलिड गर्ननसकेकाले म्याग्दीसहित मुस्ताडमा विद्युतीय समस्या आउने गरेको वितरण प्रमुख सापकोटाले उल्लेख गरे ।

यस्तै ,राष्ट्रिय गौरवको आयोजना बेनी÷जोमसोम सडकखण्डमा निर्माणको काम भईरहेको र अन्नपूर्ण संरक्षित भएकाले विद्युतीय पोलमा क्षति हँुदा समस्या आईपर्ने र त्यसको मर्मत गर्न अप्ठ्यारो पर्ने गरेको जनाईएको छ ।

तपाईको प्रतिक्रिया