गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय नाघ्यो
समाधान संवाददाता
२०७८ जेठ १९ गते १७:३०

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७०० नाघेको छ । बुधबार थप १३ संक्रमितको ज्यान गएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी मृतक कास्कीका ४ जना छन् ।
स्याङ्जामा ३ तथा गोरखा, लमजुङ र तनहुँका २÷२ संक्रमतिको निधन भएको छ । गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७०७ पुगेको छ ।
बुधबार थप ८३८ जनामा कोरोना देखिएको छ । कास्कीका १५१, स्याङ्जाका १३३, गोरखाका १२७, नवलपुरका ११७, बागलुङका ११२, लमजुङका ७३ जनामा संक्रमण फेला परेको छ । तनहुँमा ५५, म्याग्दीमा ३६ र पर्वतमा ३४ संक्रमित छन् ।
प्रदेशमा संक्रमितको संख्या ४३ हजार ८३५ पुगेको छ । तीमध्ये ९८७९ जना सक्रिय संक्रमित छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया