पैसा तिर्न नसक्दा २१ दिने शिशु अस्पतालले निकाल्यो

अनिष भट्टराई, पोखरा
धरौटी रकम बुझाउन नसक्दा पोखराको मणिपाल अस्पतालले २१ दिने संक्रमित शिशुलाई अस्पतालबाट निकालिदिएको छ । ९० हजार धरौटी र दिनको २२ देखि २८ हजारसम्म पैसा बुझाउन नसक्ने भएपछि अस्पतालले जानबहादुर बुढाका बच्चालाई निकालिदिएको हो ।
‘९० हजार रुपैयाँ धरौटी र सिरियसनेस हेरेर २२ देखि २८ सम्म लाग्ने बतायो, म मिस्त्री काम गर्नेले कसरी तिर्ने त्यत्रो ?’ बुढा बताउँछन् । अहिले बुढाले आफ्ना बच्चालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका छन् ।
वैशाख २३ गते मणिपाल अस्पतालमा जन्मिएका बालकमा जेठ १ गते समस्या देखिएको थियो । परिवारले ती बालकलाई जन्मिएकै अस्पतालमा पु¥यायो । अस्पतालमा उनलाई एनआइसियुमा ३ दिन राखेर उपचार गरियो । तर उनको स्वास्थ्यमा सुधार आएन ।
पुनः बच्चालाई जानबहादुरले १२ जेठमा अस्पतालमा भर्ना गराए । १३ जेठमा बच्चामा कोरोना संक्रमण पुष्टि भयो । कोरोना संक्रमित बच्चा राख्ने छुट्टै वाड नभएकाले मणिपालले राख्न गाह्रो मानेको अस्पतालको स्रोत बताउँछ ।
बालकमा कोरोना पुष्टि भएपछि अस्पतालले सुरुमा राख्नलाई आनाकानी गरेको जामबहादुर बताउँछन् । पछि राख्न मानेपनि निकै महँगो शुल्क सुनाएपछि आफूले बच्चालाई पश्चिमाञ्चल अस्पताल लगेको उनले बताए । ‘शुल्क सुन्दै डर लाग्ने, कहाँ तिर्न सकिन्छ र त्यत्रो ? पैसा तिर्न नसके लगिहाल्न भने,’ उनले भने । अस्पतालसँग केही सहुलियत मागेपनि ठाडै अस्विकार गरेको उनले बताए ।
अस्पतालले डिस्चार्ज गर्दा उनको अवस्था गम्भीर रहेको बताएको छ । डिस्चार्ज पत्रमा लेखिएको छ, ‘बच्चालाई प्याडियाट्रिक आइसियुमा राख्नु पर्ने अवस्था छ, तर बच्चाको अभिभावकले नमानेपछि मेडिकल अड्भाइस विपरीत बच्चालाई डिस्चार्ज गरिएको छ ।’ बच्चालाई डिस्चार्ज गर्ने दिन उनमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या थियो ।









सम्पादकीय—प्रतिनिधिसभा पुनःस्थापनाको अपरिहार्यता
निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया