पोखरा महानगरलाई अक्सिजन सिलिन्डर

समाधान संवाददाता २०७८ जेठ २० गते ७:३५

समाधान संवाददाता, पोखरा

Advertisement

कोभिड १९का बिरामीलाई स्वास्थ्य उपचारमा सहयोग पु¥याउन कास्की पोखरा समाज जापान र पोखरा चेम्बर अफ कमर्स कास्कीले बुधबार पोखरा महानगरपालिकालाई अक्सिजन सिलिन्डर प्रदान गरेका छन् ।

कार्यक्रममा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनार र कास्की पोखरा जापानका महिला उपाध्यक्ष अन्जु भण्डारीले मेयर मानबहादुर जिसीलाई ३० थान सिलिण्डर हस्तान्तरण गरे ।

समाजले २० र चेम्बरले १० थान सिलिन्डरको व्यवस्थापन गरेको हो । कार्यक्रममा मेयर जिसीले अक्सिजन सिलिण्डरले कोभिडका बिरामीलाई उपचारमा सहयोग पुग्ने बताए । उनले महानगरले वडा नम्बर २७को वडा कार्यालय(साविक लेखनाथ नगरपालिकाको भवन)मा कोभिड अस्पताल सञ्चालन गरेको जानकारी दिए ।

पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष सुनारले पोखरामा अक्सिजन सिलिन्डरको अभाव भएको अवस्थामाचेम्बरलेएक व्यवसायी एक अक्सिजन सिलिन्डर अभियान थालेको बताए ।

Advertisement

‘संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चेम्बरले तीनतहको सरकारसँगको समन्वयमा स्वास्थ्यको क्षेत्रमा काम गरेको छ,’अध्यक्ष सुनारले भने, ‘निषेधाज्ञाको अवधिमा हेल्लो चेम्बर चलाएर उद्योगी व्यवसायीलाई परेका समस्याको हल गरेका छौं ।’

उनले अत्यावश्यक वस्तुको आपूर्तिका लागि समेत सहजीकरण गरेको जानकारी दिए ।अध्यक्ष सुनारले कोरोनाको फैलावट रोक्नअग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरेको बताए ।

चेम्बरको सिलिन्डर तथा आर्थिक संकलन अभियानमा अध्यक्ष किसान सुनार, वरिष्ठ उपाध्यक्ष गीता तिवारी गौतम, वाणिज्यतर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल,प्रेम सुवेदी, रवीबहादुर विक, टिका गुरुङ, जीवन तिवारी, डिल्लीराज पाण्डे, कमल भुजेल, विनोद भुजेल, प्रकाशकुमार श्रेष्ठ, राजकुमार शाह,दिवश लामिछाने, हरि पन्थी, गोविन्द देवकोटा र विकास कँडेलले सहयोग गरेको कार्यक्रम संयोजक प्रेम सुवेदीले जानकारी दिए ।

कास्की पोखरा समाज जापानका सचिव राजु पौडेलले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथ लगायत स्थानीयतहका अस्पतालको लागि ७ लाख बराबरको ५० थान अक्सिजन सिलिन्डर सहयोग गरेको जानकारी दिए ।

पोखरामा भएको कार्यक्रममा कास्की पोखरा समाज नेपालका प्रतिनिधि हरि पहारी, कास्की पोखरा समाजका सल्लाहकार प्रकाशलाल श्रेष्ठ सहभागी भएको उल्लेख गर्दै उनले स्थानीय व्यवस्थापन गरेकोमा पोखरा चेम्बर अफ कमर्स कास्की र गण्डकी प्रदेश चेम्बर अफ कमर्सप्रति आभार प्रकट गरे ।

तपाईको प्रतिक्रिया