ब्ल्याक फंगसबाट नेपालमा ३ को मृत्यु
समाधान संवाददाता
२०७८ जेठ २० गते ९:०६

जनकपुरधाम । ब्ल्याक फंगसबाट वीरगंजमा क्षेत्रका तीन जनाको मृत्यु भएको छ । उपचारको क्रममा ब्ल्याक फंगस म्युकरमाइकोसिस नामक संक्रमणबाट वीरगंज र काठमाडौँसहितका अस्पतालमा तीन जनाको मृत्यु भएको हो ।
नारायणी उपक्षेत्रीय अस्पतालका कोभिड(१९ उपचार इन्चार्ज चिकित्सक डा। नीरज सिंहका अनुसार ब्ल्याक फंगसबाट वीरगंज महानगरपालिका(२७ अलौंकी ६५ वर्षीया महिला, बारा जिल्ला घर भई विरगञ्ज बस्दै आएका ५५ वर्षीय पुरुष र वीरगंज(१३ का ६७ वर्षीय पुरुषको मृत्यु भएको हो ।
वीरगंजमा ८ जनामा ब्ल्याक फंगस संक्रमण भेटिएको हो । त्यस मध्ये तीन जनाको मृत्यु भएको छ भने बाँकी ५ जनालाई थप उपचारका लागि भारत पठाइएको चिकित्सक सिंहले बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया