भट्टलाई थापाको काउन्टरः भट्ट घुसखोरिया भएकोमा शंका गर्ने ठाउँ छ

समाधान संवाददाता २०७८ जेठ २० गते १२:२५

समाधान संवाददाता, पोखरा

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले पार्टी महासचिव मनोज भट्ट अहिले अप्ठेरोमा परेको बताएका छन् ।

गण्डकी सरकार फेर्न काठमाडौंबाट पोखरा आएर निकै महंगो महलमा बसेर कांग्रेस सरकार बनाए सधैं त्यही महलमा बस्ने सपना देखेको र पूरा नहुने देखेपछि अप्ठेरोमा परेको थापाले बताएका छन् ।

Advertisement

भट्टसँगै शर्मा थरका अर्का एक पनि पोखरा आएर कांग्रेस नेतृत्वको सरकार बन्ने सपना देखेको उनी बताउँछन् । ‘काठमाडौंका शर्मा र भट्ट अहिले निकै अप्ठेरोमा देखिन्छन् । गण्डकी सरकार फेरि कांग्रेस सरकार बनाइ महलमा बस्ने सपना सपनमा मात्र हुन्छ कि भनेर,’ उनले भनेका छन् ।

दुई नेता पोखरा आएर निकै महँगा होटलमा बसेको र आमन्त्रित अतिथि बन्दै घरघरै चाहरेको पनि उनको आरोप छ । ‘मिस्ठान्नले लोभिन्छन् । पोखरा कार्य क्षेत्र निकै रुचाउँछन्,’ उनले भने ।

Advertisement

यी दुई नेता चरित्र हत्या र कीर्ते काम गर्न नचुक्ने उनको अर्को आरोप छ । आफूलाई भेट्न विभिन्न कांग्रेस सांसदलाई दूत बनाएर पठाउँदै कांग्रेसलाई साथ दिएमात्र सांसद पद नखाइदिने भन्दै धम्की दिएको उनले बताए ।

आफू कांग्रेससँग नमिल्नाले मनोज भट्टलाई निकै ठूलो समस्या परेको उनी बताउँछन् । ‘अहिले निकै चर्चा छ कांग्रेससँगको सम्झौता कार्यान्वयन नगरे तुरुन्तै फिर्ता गर भन्ने दबाबले भट्ट र शर्मा तनाबमा छन्, कतै यिनीहरु पार्टी भित्रका घुस पैटियात हैनन् ? शंका गर्ने ठाउँ छ ।’ उनले भने ।

तपाईको प्रतिक्रिया