कृष्ण थापाको सांसद पद खारेज

पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको सांसद पद खारेज गरिएको छ । पार्टी निर्णय विपरित गएको भन्दै उनको सांसद पद खारेज गरिएको हो ।
सांसद थापाको पद खारेज गर्न पार्टी महासचिव मनोज भट्टले संसद सचिवालयलाई पत्र पठाएका थिए । संसद सचिवालयले उनको सांसद पद खारेज गरिएको पत्र दर्ता गरिसकेको छ ।
उनलाई पार्टी विपरीत काम गरेको भन्दै १ वर्षका लागि साधारण सभाबाट निस्कासित गर्नुका साथै केन्द्रीय कमिटिबाट हटाएर, संसदीय दलको नेताबाट पनि अपदस्त गरिएको छ ।
गण्डकी प्रदेश सभामा सरकार गठनमा निर्णायक राष्ट्रिय जनमोर्चा अहिले आफैं विभाजित भएको थियो। सांसद कृष्ण थापा मुख्यमन्त्री गुरुङकै पक्षमा उभिएका थिए भने २ सांसद विरुद्धमा ।
तर सांसद थापाले भने यसअघि नै आफू अदालत जान सक्ने संकेत गरिसकेको छन् । संसदको बजेट अधिवेशनमा बोल्दै उनले आफू अदालत जान सक्ने बताएका थिए । थापाले पार्टी महासचिव मनोज भट्ट अहिले अप्ठेरोमा परेको बताएका छन् ।
गण्डकी सरकार फेर्न काठमाडौंबाट पोखरा आएर निकै महंगो महलमा बसेर कांग्रेस सरकार बनाए सधैं त्यही महलमा बस्ने सपना देखेको र पूरा नहुने देखेपछि अप्ठेरोमा परेको थापाले बताएका छन् ।
भट्टसँगै शर्मा थरका अर्का एक पनि पोखरा आएर कांग्रेस नेतृत्वको सरकार बन्ने सपना देखेको उनी बताउँछन् । ‘काठमाडौंका शर्मा र भट्ट अहिले निकै अप्ठेरोमा देखिन्छन् । गण्डकी सरकार फेरि कांग्रेस सरकार बनाइ महलमा बस्ने सपना सपनमा मात्र हुन्छ कि भनेर,’ उनले भनेका छन् ।
दुई नेता पोखरा आएर निकै महँगा होटलमा बसेको र आमन्त्रित अतिथि बन्दै घरघरै चाहरेको पनि उनको आरोप छ । ‘मिस्ठान्नले लोभिन्छन् । पोखरा कार्य क्षेत्र निकै रुचाउँछन्,’ उनले भने ।
यी दुई नेता चरित्र हत्या र कीर्ते काम गर्न नचुक्ने उनको अर्को आरोप छ । आफूलाई भेट्न विभिन्न कांग्रेस सांसदलाई दूत बनाएर पठाउँदै कांग्रेसलाई साथ दिएमात्र सांसद पद नखाइदिने भन्दै धम्की दिएको उनले बताए ।
आफू कांग्रेससँग नमिल्नाले मनोज भट्टलाई निकै ठूलो समस्या परेको उनी बताउँछन् । ‘अहिले निकै चर्चा छ कांग्रेससँगको सम्झौता कार्यान्वयन नगरे तुरुन्तै फिर्ता गर भन्ने दबाबले भट्ट र शर्मा तनाबमा छन्, कतै यिनीहरु पार्टी भित्रका घुस पैटियात हैनन् ? शंका गर्ने ठाउँ छ ।’ उनले भने ।







कांग्रेसको निर्णय : गगन थापा भावी प्रधानमन्त्रीका उम्मेदवार, प्रचार समिति संयोजकमा चालिसे
चुनाव जिते पनि संसद् छिर्न नपाउने जोखिममा मनाङका टेकबहादुर गुरुङ
पोखरा–१५ खेलकुद : ५ किमी दौडको उपाधि विजय र समृद्धिलाई
मादीको चण्डिका विद्यालयमा अक्षरारम्भ : खेल र नाचगानबाटै शिक्षा दिन सुझाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया