गण्डकीमा आज १६ संक्रमितको मृत्यु

समाधान संवाददाता २०७८ जेठ २० गते १८:२१

समाधान संवाददाता, पोखरा

गण्डकीमा थप ९०६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार २ हजार ३११ जनामा गरिएको नमुना परीक्षणमा ९०६ जनामा संक्रमण भेटिएको हो ।

कास्कीका ३०३ जना, तनहुँका ७० जना, गोरखाका ९८ जना, लमजुङका ८२ जना, नवलपुरका ८५ जना र स्याङ्जाका ९३ जनामा संक्रमण फेला परेको हो ।
पर्वतका ३९ जना, बाग्लुङका ७३ जना म्याग्दीका ४७ जना, मुस्ताङका १५ जना र मनाङ जिल्लाका १ जनामा कोरोना पुष्टि भएको हो । आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४४ हजार ७४१ पुगेको छ ।

Advertisement

सोमबार पनि गण्डकीमा १६ जनाको मृत्यु पुष्टि भएको छ । कास्कीका ७ जना, गोरखाका १ जना, नवलपुरका २ जना, स्याङ्जाका २ जना, बागलुङका ३ जना र मनाङका १ जना छन् ।

गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७२३ पुगेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया