जेठ ३१ सम्म कास्कीमा निषेधाज्ञा थपियो
समाधान संवाददाता
२०७८ जेठ २० गते १८:२५
समाधान संवाददाता, पोखरा
कास्कीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जेठ ३१ सम्मका लागि हाल कायम आदेशका सम्पूर्ण बुँदा यथावत राख्दै निरन्तरता दिएको हो ।
आदेशको पालना नगर्नेलाई संक्रामक रोग ऐन, २०२०, स्थानीय प्रशासन ऐन, २०२८ तथा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम कारबाही हुने चेतावनी दिइएको छ।
बिहीबार मात्रै गण्डकीमा थप ९०६ जनामा संक्रमण पुष्टि भएको थियो । १६ संक्रमितले ज्यान गुमाएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया