सार्दिखोलामा संक्रमित महिलाले जन्माइन् शिशु

समाधान संवाददाता २०७८ जेठ २० गते १९:०८

आमा र बच्चाको अवस्था सामान्य
समाधान संवाददाता, पोखरा

कास्कीको सार्दिखोलास्थित स्वास्थ्य चौकीले संक्रमित गर्भवतीको सुुरक्षित प्रसूति गराएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार राति झन्डै ९ बजे चौकीका स्वास्थ्यकर्मीले सुरक्षित प्रसूति गराएका हुन् ।


सुत्केरी व्यथा लागेर राति ८ बजे स्वास्थ्य चौकी पुगेकी स्थानीय २८ वर्षीया महिलालाई आइसोलेसनमा राखेर पिपिई लगाएका स्वास्थ्यकर्मीले प्रसूति गराएका थिए । स्वास्थ्यचौकीकी अनमी हिमकुमारी गुरुङ र विद्या सापकोटा, कर्मचारी लक्ष्मी बयलकोटी र सञ्जु परियारले सामान्य ढंगबाटै सुत्केरी गराएका थिए । स्वास्थ्य चौकी इन्चार्ज अनिता घिमिरेका अनुसार गर्भवती महिला र उनका श्रीमान्को एन्टिेजन विधिबाट कोरोना परीक्षण गर्दा पोजेटिभ आएको थियो । सार्दिखोलाको स्वास्थ्य चौकीमा १० जना बिरामी राख्न सकिने क्षमताको आइसोलेसन छ ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया