हिमाली जिल्लाका पालिकालाई लाखाैं रुपैयाका अक्सिजन कन्सन्टेटर सहयोग

समाधान संवाददाता २०७८ जेठ २० गते १९:२७

समाधान संवाददाता, पोखरा ।

हिमाली मुटु नामक गैरसरकारी सस्थाले गण्डकी जिल्लाका दुर्गम गाउपालिकाहरुलाई अक्सिजन कन्सन्टेटर प्रदान गरेको छ ।

अमेरिकी च्यारिटी सस्था डाइरेक्ट रिलिफसँगको सहकार्यमा हिमाली मुटुले हिमाल भएका गण्डकी प्रदेशका पालिकाहरुलाई करिब एक करोड रुपैया बराबरका ५० वटा अक्सिजन कन्सन्टेटरसहितका स्वास्थ्य सामग्री गाँउ पालिकासम्म नै पुर्याईदिएको छ ।

Advertisement

गण्डकीका पालिकामा ती स्वास्थ्य सामग्री बितरण गर्नका लागि युवा संघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष तथा केन्द्रीय सचिव महेन्द्र गुरुङले पहल गरेका थिए ।

सो सस्थाले गोरखामा १० वटा, मुस्ताङमा १२ वटा र कास्कीमा १३ अक्सिजन कन्सन्टेटर वितरण गरिसकेको छ भने शुक्रबार म्याग्दीमा ८ वटा र मनाङमा ७ वटा पुर्याउदैछ ।

Advertisement

सामान वितरणमा हिमाली मुटुका सस्थापक अध्यक्ष डा.अवन गौतम आफै पोखरा आएका छन् । विहीबार मुस्ताङका संघीय सांसद प्रेम तुलाचनलाई लिएर जोमसोम पुगेका डा.अवनले मुस्ताङका सबै पालिकाका प्रतिनिधिलाई ती सामग्री हस्तान्तरण गरे ।

त्यस्तै कास्कीका रुपा गाँउपालिका, मादी गाँउपालिका, माछापुच्छ«े गाँउपालिका र अन्नपूर्ण गाँउपालिकामै पुगेर अक्सिजन कन्सन्टेटरसहितका स्वास्थ्य सामग्री बितरण गरिएको थियो । कास्कीका पालिकामा सामान वितरण कार्यको नेतृत्व युवा संघ गण्डकी प्रदेश अध्यक्ष महेन्द्र गुरुङले गरेका थिए ।

रुपामा आयोजित कार्यक्रममा गाँउपालिकाका अध्यक्ष नवराज ओझाले गाँउका लागि अत्यावश्यक रहेको सामाग्री प्रदान गरेकोमा धन्यवाद दिएका थिए भने युवा संघका गण्डकी प्रदेश अध्यक्ष गुरुङले नागरिकको ज्यान जोगाउन युवा संघले सक्दो पहल गरिरहेको बताएका थिए ।

त्यस्तै मादी गाँउपालिकाको थुम्सीकोट र सिक्लेसमा आयोजित कार्यक्रममा हिमाली मुटुका अध्यक्ष डा.अवन गौतमले अमेरिकी सहयोगी सस्था डाइरेक्ट रिलिफ प्रति आभार प्रकट गरेका थिए । कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष विष्णुमाया पौडेलले अक्सिजन कन्सन्टेटरले गाँउबासीहरुको आत्मबल बढाउने विश्वास व्यक्त गरेकी थिइन् ।

त्यस्तै माछापुच्छ«े गाँउपालिका अध्यक्ष कर्णबहादुर गुरुङले डा.अवनले हस्तान्तरण गरेको सामग्री बुझेपछि आफू भावुक भएको बताए । यस्ता दुर्गम वस्ती सम्झेर सहयोग गरेकोमा धन्यवाद भन्दै उनले प्राप्त सहयोगको पूर्ण सदुपयोग गर्ने बताए ।

अन्नपूर्ण गाँउपालिकाको घान्द्रुकमा आयोजित कार्यक्रममा भने वडा नम्बर १० का अध्यक्ष कुलप्रसाद गुरुङले गाउमा पहिलो पटक सहयोग प्राप्त भएको भन्दै खुशी व्यक्त गरे । सो ठाउका लागि एमाले नेता एवं प्रदेश सांसद राजीव पहारीले पनि मास्क स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री पनि पठाएका थिए ।

नादा समाजबाट ५ सेट बेड सहयोग

मादी गाँउपालिकामा स्थापना गरिएको अस्पतालका लागि नादा समाज हङकङले ५ सेट मेडिकल बेड सहितका स्वास्थ्य सामग्री सहयोग गरेको छ । ती स्वास्थ्य सामग्री पनि युवा नेता महेन्द्र गुरुङले गाँउपालिकाका उपाध्यक्ष विष्णुमाया पौडेललाई हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया