१४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा पुरुष पक्राउ

समाधान संवाददाता २०७८ जेठ २१ गते ८:३४

काठमाडौँ – ललितपुरको एकान्तकुनामा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा झड्केलो बुवालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पुरुषलाई पक्राउ गरेको हो ।

परिसर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिका घर भएका पुरुषले जेठ १८ मा छोरीलाई बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

तपाईको प्रतिक्रिया